• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

अमेरिकामा किलुआ ज्वालामुखी विस्फोट, पाँच दिनमा भूकम्पका ५०० भन्दा बढी झड्काहरू आए

अमेरिकामा किलुआ ज्वालामुखी विस्फोट, पाँच दिनमा भूकम्पका ५०० भन्दा बढी झड्काहरू आए
वैशाख २६गत्ते । 
अमेरिकाको हवाईस्थित संसारको सबभन्दा सक्रिय किलुआ ज्वालामुखीले भयानक रूप लिएको छ । वैज्ञानिकहरूका अनुसार, सोमवार किलुआमा भयंकर विस्फोट हुँदा ३३० फीटमाथिसम्म लाभा उफ्रियो ।
लाभा सडकदेखि आवासक्षेत्रसम्म छरियो । अहिलेसम्म ३५ घर लाभामा परेका छन् । खतराका कारण लगभग दुईहजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
ज्वालामुखी क्षेत्रमा १० ठाउँबाट लाभा फुटिरहेको छ । यो लाभा चार लाख स्क्वेयर फीट एरियामा फैलिएको छ ।
पाँच दिनमा भूकम्पका ५०० भन्दा बढी झड्काहरू आएका छन् ।
सबभन्दा ठूलो भूकम्प ६.९ म्याग्निच्युडको थियो ।
किलुआ हीलो टापुमा रहेका पाँच ज्वालामुखीमध्ये एक हो । हरेक वर्ष त्यसलाई हेर्न ८९ लाख मानिस आउँछन् ।
लाभाले गर्दा भोल्केनो नेसनल पार्क बन्द गरिदिएको छ । टापुमा रहेका १.८५ लाख मानिस खतरामा परेका छन् ।
लाभाका कारण जमीन धेरैतिर फाटिएको छ । त्यहाँबाट सल्फर डाइअक्साइड समेत अन्य विषालु ग्यास निस्किरहेका छन् । किलुआ सन् १९८३ देखि सक्रिय छ ।रररररररररररररररर
 


यसमा तपाईको मत