• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

१२ जुनमा सिंगापुरमा भेट्ने भए ट्रम्प र किम

१२ जुनमा सिंगापुरमा भेट्ने भए ट्रम्प र किम
बैशाख २९ गत्ते,काठमाण्डौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुने भएको छ ।
ट्रम्प र किम केही समयअघिसम्म एकअर्काका दुश्मन थिए र युद्धको धम्की दिँदै आएका थिए । तर, अब एकअर्कासँग भेट्न र कुुराकानी गर्न सहमत भएका छन् ।
यसअघि उत्तर दक्षिण कोरियाको सीमामा रहेको गैरसैनिक क्षेत्रमा भेट हुन अनुमान थियो । तर, केहीले त्यहाँ जानु उत्तर कोरिया जानु सरह हुने तर्क गरे ।
अहिले रोजिएको स्थान सिंगापुर तटस्थ छ । उसको कोरियाली प्रायद्वीपमा कुनै स्वार्थ छैन । सिंगापुरलाई लिएर उत्तर कोरिया तनावमुक्त छ र अमेरिकाको पनि पुरानो मित्रता छ ।
 


यसमा तपाईको मत