• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

आईपीएलःराजस्थानले चेन्नाइलाई ४ विकेटले हरायो

आईपीएलःराजस्थानले चेन्नाइलाई ४ विकेटले हरायो
बैशाख २९ गत्ते,काठमाण्डौं ।
प्रिमियर लिग ९आईपीएल०को ४३ औं म्याचमा जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । १७७ रनको लक्ष्य राजस्थानले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो ।
यो जितमा जोस बटलरले ११ चौका र दुई छक्काको मद्दतमा नटआउट ९५ रन बनाए । उनी प्लेयर अफ दि म्याच पनि भए ।
आईपीएलको जारी सिजनमा बटलरको यो लगातार चौथो अर्धशतक हो । यसमा उनले विराट कोहलीसँग बराबरी गरे । यी दुई भन्दा अगाडि विरेन्द्र सेहवाग छन् । उनले २०१२ मा लगातार पाँच अर्धशतक बनाएका थिए ।
यसअघि पहिले व्याटिङ गरेको चेन्नाईले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ५२ रन बनाए ।
शेन वाटसनले ३९, कप्तान महेन्द्र सिंह धोनीले ३३ र साम विलिङ्सले २७ रन जोडे ।
बलिङतर्फ जोफ्रा आर्चरले २ विकेट लिए ।
 
 

 



यसमा तपाईको मत