• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन बैशाख ३१ र जेष्ठ १ गत्ते,जिल्ला अधिवेशनको प्रमुखमा अतिथीमा नेता निधिलाई निमंत्रणा, निधि आज जनकपुर आउँँदै

नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन बैशाख ३१ र जेष्ठ १ गत्ते,जिल्ला अधिवेशनको प्रमुखमा अतिथीमा नेता निधिलाई निमंत्रणा, निधि आज जनकपुर आउँँदै
मिथिलाञ्चल समाचारदाता
वैशाख ३० जनकपुरधाम ।
जिल्ला धिवेशनलाई लिएर धनुषा कांग्रेस भित्र फरक फरक विचार आई रहेको बेला कांग्रेस धनुषाले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजन गरि जिल्ला अधिवेशन वारे स्पष्ट गरेको छ ।
१५ वर्ष देखी निरन्तर धनुषा जिल्ला कांग्रेसको नेतृत्व गर्दै आइरहेका जिल्ला अध्यक्ष रामसरोज यादवले यस पटकको जिल्ला अधिवेशनको समय र तिथि न सर्ने पत्रकारहरुलाई जानकारी दिएका छन ।
कांग्रेस धनुषाको जिला कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै नेता यादवले जिल्ला अधिवेशनको सबै तयारीहरु पूरा भैइसकेको पनि प्रस्ट गरे । जिल्ला अधिवेशनको लागि बिभिन्न उप समिति गठन गरी सकेको र उक्त समितिले आफ्नो कार्यहरु सम्पन्न गर्न लागि परेको पनि उद्घोष गरे । जिल्ला अधिवेशनको लागि प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिलाई आंमत्रण गरिएको र उहाँ आजै जनकपुर आउन लागेको पनि स्पस्ट पारे ।
पत्रकार समेलनमा नेता रामसरोज यादवले आफ्नै
अध्यक्षतामा मूल समिति गठन भएको र त्यसको तैयारी पनि पूर्ण भएको बताए ।
जिल्लामा १५ वर्ष देखी निरन्तर अध्यक्षको भूमिका निर्वाह गर्दै आएको तर अब आफू अध्यक्ष न बन्ने पनि स्पष्ट गरे । म संग समयको अभाव रहेको र प्रदेश सभा सदस्य भएपछि सदन पनि हेर्नु पर्ने संसदीय दलका नेताको रुपमा रहेकोले गर्दा अव नेतृत्व आफुले न लिँदा नै बेश हुने हाँस्दै भने ।
भारतीय प्रधानमन्त्री मोदी भ्रमनको समयमा भाजपा नेता कीर्ति आजादले दिएको अभिब्यक्ति  आपत्ति जनक रहेको पनि उनले संचारकर्मीलाई बताए ।
यादवले सुगौली संधिको विषय उठान गर्दै जनकपुरधामलाई पनि भारतमा मिलाउनु पर्ने आषयको अभिब्यक्ति कीर्ति आजादले ट्वीट गरेको दुखद र आपत्ति जनक रहेको र तत्काल नेपाल सरकार तथा प्रदेश सरकारले आधिकारिक रूपमै बिरोध गर्नु पर्ने बताए ।
नेपाली काँग्रेसले यसको घोर बिरोध गर्दै कड़ा आपत्ति गर्दछ उनले संचारकर्मिलाई भने ।
मोदी भ्रमणको विषयमा संचारकर्मीको प्रश्नको जवाब दिँदै यादवले आयोजक अनाड़ी भएको टिप्पणी गरे ।  उनले मुख्य मंत्री लालबाबू राउतले नागरिक अभिन्दनमा उठाएका सवाल र अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको र यो नगर्नु हुने काम भयो भन्दै आपत्ती पनि जनाए।ू
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष यादबले,मेयर को अध्यक्षता हुने नागरिक अभिननदन लाई मुख्यमंत्री लाई अध्यक्ष बनाइनु अपरिपक्व निर्णय भएको र मर्यादा क्रम लाई ख्याल नै नगरी अध्यक्षता गरीराखेका मुख्य मंत्री राउत आफू भारतीय प्रधानमंत्रि मोदीजी भन्दा अगाडी नै बोल्नुलाई कति उचित भएको प्रश्न पनि गरेका थिए ।
 
मोदीजीको जनकपुरधामको भ्रमणले दुइ देश विचको सम्बन्ध विस्तार हुने विस्वाश व्यक्त गर्दै यादवले धार्मिक, सांस्क़ृतिक, र सामाजिक दृष्टिकोणले जनकपुरधामको मोदी भ्रमण महत्वपूर्ण भएको बताए ।
कांग्रेस जिल्ला अधिवेशनमा यस पटक ११५५ जना प्रतिनिधि रहने छ । अध्यक्ष लगायत सबै जिल्ला कार्यसमिति सर्वसम्मत हुने न हुने बारे  स्पस्ट न रहेको बेला कांग्रेस धनुषाको प्रयास भन्ने सर्वसम्म्मत नै गर्ने रहेको छ । जिल्लाको १३औ अधिवेशनको लागि हामी सम्पूर्ण तैयारी पूरा गरिसकेको स्पस्ट गरे।


यसमा तपाईको मत