• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

भाटभटेनी सुपरमार्केटमा बम विष्फोट

भाटभटेनी सुपरमार्केटमा बम विष्फोट
वैशाख ३० गत्ते,चितवन ।
चितवनको नारायणगढबजार नजिकै भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भवनको अघिल्लो भागका सिसा फुटेका छन् ।
बिहान ४ बजे मोटरसाइकलमा पुगेका दुईजना यूवाले ग्रिनेट विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले घटनाका अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पाटीर्का कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  
 


यसमा तपाईको मत