• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

ठेलाहरुका कारण लाखौ खर्चगरेर बनाइएको मिथिला पेन्टिङ्गहरुको अस्तित्व धरापमा

ठेलाहरुका कारण लाखौ खर्चगरेर बनाइएको मिथिला पेन्टिङ्गहरुको अस्तित्व धरापमा
केशव झा
जनकपुरधाम, बैशाख ३० गते 
जनकपुरधाममा हालै बनाइएको मिथिला पेन्टिङ्गहरुको अस्तित्व धरापमा परको छ । 
भारतिय प्रधानमन्त्रीको स्वागतका लागी बनाइएको मिथिला पेन्टिङ्गहरुको 
बेवास्ता हुदै आएको छ । बैशाख २८ गते मोदी जनकपुर आउने भएकाले जनकपुरधामको रङ्गभुमी मैदान बाह्रबिघादेखी जानकि मन्दिर सम्म लाखौ खर्च गरेर मिथिला पेन्टिङ्ग बनाइएको थियो । यसलाई संरक्षण गर्नु पर्नेमा अहिले नगरपालिकाद्वारा केहि रुपँैयाका बट्टीका कारण बनाइएको मिथिला पेन्टिङ्गको अस्तित्व धरापमा परेको छ । उक्त बाटोको छेउमा विभिन्न ठेलामा पसलहरु खुलेका छन र त्यस पसलबाट नगरपालिकाले दैनिक बट्टी असुलदै आएको छ । यता मिथिला पेन्टिङ्गमा गरेको लगानीको र त्यसको अस्तित्वको खयालै नगरि केहि पैसाको लोभमा त्यसलाई छोप्नेगरि पसलहरु सञ्चालनमा छन तरपनि यहाँका स्थानिय सरकार मुख दर्शक बनेको जनउपराग रहेको छ । 
त्यतीमात्र होइन अस्पतालरोडमा पार्किङ्ग व्यवस्थित नभएकोले मिथिला पेन्टिङ्गका अगाडि गाडिहरु पार्किङ्ग समेत गर्ने गर्छन र त्यसकारण वाह्रबिघा देखी जानकि चौक सम्म दिनहु ट्राफिक जाम हुदै आएकोे छ । उक्त बाटोमा ट्राफिक जाम भएपनि त्यहाँ भएका सुरक्षाकर्मीले वास्ता नगरेको आबत जाबत गर्नेहरुले दुखेसो पोखेका छन । 
तस्बिरः घनश्याम मिश्र
 


यसमा तपाईको मत