• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

मोदी आएको बाटोमा २ दिनदेखि २ कुकुरको शव दुर्गन्ध फैलाउँदै,सम्बन्धित निकाय मस्त निद्रामा

मोदी आएको बाटोमा २ दिनदेखि २ कुकुरको  शव दुर्गन्ध फैलाउँदै,सम्बन्धित निकाय मस्त निद्रामा
रिंकु कुमारी मिश्र(गायत्री)
वैशाख ३१ गत्ते,जनकपुरधाम ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर विमानस्थल बाट जानकी मन्दिर दर्शन गर्न आउनुभएको बाटोमा बिगत २ दिन देखि २ कुकुरको शव क्षतविक्षत अवस्थामा रहे पनि  सम्बन्धित निकाय मस्त निद्रामा निदाईरहेको छ ।
जनकपुरको बजरंग चौक देखि रानीसत्ती पेट्रोलपम्प जाने बाटोमा  बिगत्त २ दिन देखि दुबै पट्टीको सडकमा २ वटा कुकुर किचिएर मरेको हो भने एउटा कुकुरको शव क्षतविक्षत अवस्थामा रहेको छ । २ दिनदेखि कुकुरको शव बाटोमै रहेकोले त्यस वरिपरि दुर्गन्ध फैलिएको छ ।मर्निगं वाक गर्ने तथा त्यस बाटो हुँदै जाने बटुवाहरुलाई नाक मूख थुनेर आवतजावत गर्नु परिरहे पनि जनकपुर उपमहानगरपालिकालाई खासै असर परेको छैन ।
मोदी भ्रमणलाई लिएर प्र्रत्येक दिन उपमहानगरपालिकाको फोहोर उठाउने गाडी विभिन्न चोक—चौराहा तथा गल्ली—कुच्चीमा देखिए पनि मोदी गए सँगै स्वयम उपमहानगरपालीका नै नगर दुर्गन्धित गर्न उद्दत रहेको स्थानियहरुको गुनासो रहेको छ ।
वैशाख २८ गत्ते भारतीय प्रधानमन्त्री मोदी आफ्नो २ दिने नेपाल भ्रमणको क्रममा पहिले जनकपुरधाम आउने घोषणा गरे लगत्तै मूख्यमन्त्री लालबाबु राउत देखि मेयर लालकिशोर साह कुचो लिएर सरसफाई गरेको सडक अहिले आवत जावत गर्नै नसक्ने गरी दुर्गन्धित भएपनि सम्बन्धित निकायले यसप्रति ध्यान न दिनु स्थानिय सरकारको लाचारी तथा चाटुकारिता दर्शाईरहेको युवा नेता पंकज महतोले आरोप लगाए ।
एक तर्फ जनकपुरधामलाई पर्यटकिय स्थलको रुपमा विकाश गर्न स्थानिय सरकार जोड दिइरहेको छ भने अर्को तर्फ दुर्गन्ध तथा महामारी फैलाउने मरेको जनावरको उचित व्यवस्थाप्न नहुनु सरकारको लाचारी पर्दशन गर्दछ । 
 

 



यसमा तपाईको मत