• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति

हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति
वैशाख ३१ गत्ते, महोत्तरी । 
पानीसँगै आएको हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति पुर्याएको छ ।
सोमबार बिहान आएको हावाहुरीले किसानको चिचिला लागेको आँप र तरकारी खेतीमा क्षति पुर्याएको हो ।
जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार, हावाहुरीले किसानको लाखौं मुल्य बराबरको आँप र तरकारी बालीमा क्षति पुगेको छ ।
हावाहुरीले ३ दर्जनभन्दा बढी घरहरुमा क्षति पुर्याएको छ भने विद्युत्त सेवा अबरुद्ध हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ ।
गत बुधबार मात्रै महोत्तरीमा हावाहुरीले १ जनाको ज्यान गएको थियो भने फलफूल तथा तरकारी बालीमा नोक्सानी पारेको थियो ।
 


यसमा तपाईको मत