• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

एमालेका प्रदेशसभा सांसद लामिछानेको उपचारको क्रममा निधन

एमालेका प्रदेशसभा सांसद लामिछानेको उपचारको क्रममा निधन
वैशाख ३१ गत्ते, काठमाडौं । 
नेकपा एमालेका प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ ।
आइतवार मष्तिस्कघात भएपछि काठमाडौं मेडिकल कजेजमा लगिएका लामिछानेको सोमवार दिउसो निधन भएको हो । 
उनको सोमवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले भक्तपुरका इञ्चार्ज सोमनाल मिश्रले जानकारी दिए । 
भक्तपुर चाँगुनारायण नगरपालिका– तेलकोट निवासी लामिछाने गत मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ को ख २ बाट प्रदेशसभा सदस्यमा निर्वा्चित भएका थिए । 
उनको स्वास्थ्य स्थिति बुझ्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सोमवार अस्पताल पुगेका थिए ।
 


यसमा तपाईको मत