• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

कांग्रेस बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्छःशेखर कोइराला

कांग्रेस बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्छःशेखर कोइराला
वैशाख ३१ गत्ते, काठमाडौं । 
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गरे ।
पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह हो भन्दै नेता कोइरालाले इतिहासमै नेपाली काँग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको धारणा व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
 


यसमा तपाईको मत