• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

इन्डोनेसियामा चर्च हमलापछि प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु

इन्डोनेसियामा चर्च हमलापछि प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु
वैशाख ३१ गत्ते, इन्डोनेसिया ।
इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारी समूहले बम हमला जारी राखेको छ।
उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा हमला भएको थियो। ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ। सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै हमला भएको थियो। दुई मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए। तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन। त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन्। विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। 
सुरबियाका प्रहरी प्रमुखले आक्रमणमा आएका चार आत्मघाती मारिएको र प्रहरी अधिकारीसहित १० जना घाइते भएको बताए।
ती आत्मघाती आक्रमणकारीको परिचय नखुलाए पनि उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाइ छ।
इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन्।
 


यसमा तपाईको मत