• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश जिल्ला अदालत रौतहटले पक्राउ गर्न पत्राचार

वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश जिल्ला अदालत रौतहटले पक्राउ गर्न पत्राचार
जेठ १ गत्ते,रौतहट ।
वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ। 
कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी निर्वा्चित सांसद हुन् । अवैध रुपमा चिरान काठको कारोबार मुद्दा उनीविरुद्ध दायर भएको थियो।  
  सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ बरामद भएको थियो। 
पक्राउ परेका ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा सो काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका काठधनी कुन्दनप्रसाद कुशवाहको  भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो। 
जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो। पछि तत्कालिन पुनरावेदन अदालत हेटौंडाले  कुशवाहलाई दोषी ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय भएको छ। त्यसविरुद्ध उनले सर्वाेच्चमा अपिल गरेका छन्। यही बेला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको हो।
 


यसमा तपाईको मत