• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

पार्टी एकताको विषयमा नेपाल र प्रचण्डबीच भेटवार्ता

पार्टी एकताको विषयमा नेपाल र प्रचण्डबीच भेटवार्ता
जेठ १ गत्ते,रकाठमाडौं ।
पार्टी एकताका विषयमा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार छलफल भएको छ ।
ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको छलफलमा पार्टी एकताका लागि एकता संयोजन समिति बैठक तत्काल बोलाउने विषयमा कुराकानी भएको एमाले नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले पार्टी एकताका लागि एमालेसँग बराबरी संख्या माग गरेपछि एकता प्रक्रियाका विषयमा छलफल रोकिएको थियो । दुई नेताबीच कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन छलफल समीक्षा गरिएको बताइएको छ । 
 


यसमा तपाईको मत