• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु
जेठ २ गत्ते ।
भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् ।
 
तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो ।
 
२ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए ।
हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।
 
गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो ।
 
फ्लाइओभर खस्दा १८ जनाको मृत्यु
 
 
यसैबीच आन्द्र प्रदेशकै वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए ।
 
उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । आकासे पुलमाथि राखिएका स्ल्याबलाई जोड्ने काम भइरहेको थियो तर त्यसमुनिबाट गाडि चलाउन रोक लगाइएको थिएन ।
 
प्रदेश सरकारले ४८ घण्टाभित्र घटनाको जाँचबुझ गरी दोषिलाई कारवाहीको सिफारिस गर्न निर्देशन दिएको छ ।
 


यसमा तपाईको मत