• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

सल्यानमा बस दुर्घटनाः४० जना घाइते ,दुईको अवस्था गम्भीर

सल्यानमा बस दुर्घटनाः४० जना घाइते ,दुईको अवस्था गम्भीर
जेठ २ गत्ते,काठमाण्डौं ।  
सल्यानमा बुधबार भएको बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको शारदा नगरपालिका –१, शीतलपाटी, पटनेरमा रहेको पिपलचौतारा नजिक बुधबार बिहान पौने ११ बजे बस दुर्घटना भएको हो । 
सल्यानको खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि कुमाख गाँउपालिका –३, का १२ वर्षीय राजन थापा र शारदा नगरपालिका –१, श्रीनगरका २१ वर्षीय हरि रोका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।  
अहिले कान्तिपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिकमा गरेर ३८ जनाको उपचार भैरहेको छ ।
सामान्य घाइते हुनेमा सिन्बाङ की ४० वर्षीया भूमिसरा खड्का, सिद्ध कुमाख गाउँपालिका २ का ४० वर्षीय बुद्धि बिक, शारदा नगरपालिका –१३, का २६ वर्षीय गणेश विक, शारदा नगरपालिका –१३, कै २६ वर्षीया गंगा विक, बागचौर नगरपालिका –५, की २७ वर्षीया पवित्रा वली, शारदा नगरपालिका –३, की ३७ वर्षीया सिता केसी लगायतका रहेका छन् 
 


यसमा तपाईको मत