• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

संविधान त्रुटिपूर्ण छ , मुख्यमन्त्रीको अभिव्यक्ति माथि बहस गर्नुको कुनै औचित्य छैनःप्रदेश २ सरकार

संविधान त्रुटिपूर्ण छ , मुख्यमन्त्रीको अभिव्यक्ति माथि बहस गर्नुको कुनै औचित्य छैनःप्रदेश २ सरकार
जेठ ३ गत्ते जनकपुरधाम । 
प्रदेश नं. २ सरकारले मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति ठीक रहेको दावी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्षा राखेको अभिव्यक्ति माथि बहस गर्नुको कुनै औचित्य नरहेको प्रदेश सरकारले बताएको छ । बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताए । ‘जनताको भावना बमोजिम अभिव्यक्ति दिनु नेतृत्वको दायित्व हुन्छ । सोही दायित्व सम्झेर मुख्यमन्त्रीले लाखौं जनताका अगाडि आफ्ना कुरा राख्नु भएको हो, संविधानमा अझै त्रुटी र विभेदका कुराहरु छन् ।’
संविधानमा भएका विभेदकारी प्रावधान र प्रदेशको अधिकारका लागि आफ्नो धारणा राख्नु गलत नभएको मन्त्री यादवले बताए । उनले भने, ‘जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो । त्यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य छैन ।’
गत वैशाख २८ गते मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु संघर्षरत रहेको बताएका थिए । मुख्यमन्त्री अन्तरिक मामिला विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरित भएको भन्दै केन्द्र सरकारले असन्तुष्टि जनाएको छ । त्यसबेलादेखि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति टिकाटिप्पणी र बहस हुँदै आएको छ ।
 


यसमा तपाईको मत