• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मिथिला चित्रकलाको सौन्दर्यता बचाउँदै सेल्फी प्वाईन्ट बनाउन सरसफाई

मिथिला चित्रकलाको सौन्दर्यता बचाउँदै सेल्फी प्वाईन्ट बनाउन सरसफाई
जेठ ३ गत्ते जनकपुरधाम । 
जनकपुरमा एतिहासिक रंगभूमि मैदान बाह्रविघाको दक्षिण तर्फको पर्खालमा कोरिएको मिथिला चित्रकलाको सौन्दर्यता बचाई राख्न समाजसेवी वैद्यनाथ साह अघि बढेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्न बाह्रविघा मैदानको दक्षिणतर्फको पर्खालमा आकर्षक मिथिला चित्रकला कोरिएको थियो । तर मोदीको जनकपुर भ्रमण सकेलगतै पर्खाल छेउमा फुटपाथ पसल र जथाभावी पार्किंग गर्न थालेपछि मिथिला चित्रकला नै छोपिन थालेको थियो । जसको कारण लाखौं रुपैयाँ खर्चेर बनाएको आकर्षक मिथिला चित्रकलाको अस्तित्व धरापमा परेको थियो ।
पर्खालमा कोरिएको अकार्षक मिथि चित्रकलाको सौन्दर्यता बचाई राख्न समाजसेवी साह बिहीबार विहान आफ्नो नेतृत्वमा बिहीबार सरसफाई गरेका छन् । स्थानीय पतञ्जली योग शिविरका योगी र स्थानीय युवालगायत सरसफाई कार्यक्रममा सहभागि थिए ।
उक्त स्थानमा लगाउने फुटपाथ तथा ठेला पसलेहरुलाई कुनै अर्को स्थानमा व्यवस्थापन गर्न जनकपुर उपमहानगरपालिकालाई आग्रह गरेको समाजसेवी साहले बताए । फुटपाथ पसलेलाई मिथिला चित्रकला छोप्ने गरी पसल नराख्न समेत साहले आग्रह गरेका छन् । उनले कोरिएको चित्रकलाको सौन्दर्यता बचाउन र उक्त स्थललाई सेल्फी पोईन्ट बनाउन निरन्तर सरसफाई गर्ने बताएका छन् ।
 


यसमा तपाईको मत