• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

औरही नपाका खरिदारले मेयरको निर्देशन मानेपछि उपमेयरले सोधिन् स्पष्टिकरण

औरही नपाका खरिदारले मेयरको निर्देशन मानेपछि उपमेयरले सोधिन् स्पष्टिकरण
जेठ ३ गत्ते महोत्तरी । 
मेयरको निर्देशन मानेको भन्दै महोत्तरीको औरही नगरपालिकाकी उपमेयर रेणु झाले कार्यालयका खरिदार सञ्जिवकुमार साहसँग स्पष्टिकरण माग्नुभएको छ । गएको सोमबार उपमेयरलगायत कार्यपालिका सदस्यलाई मंगलवार बैठक बस्ने सूचना दिएका नगरपालिकाको वडा नम्बर १ कार्यालयका सचिर्व  साहलाई उपमेयर झाले ७२ घण्टे स्पष्टिकरण सोध्नुभएको हो ।
उपमेयरले सोधेको स्पष्टिकरणपत्रमा ‘बैठक छ भन्ने जानकारी कुन मनसायले र कसको निर्देशनमा आफूलगायत कार्यपालिकाको अन्य सदस्यलाई गराएको हो यसको चित्तबुझ्दो जवाफ पेश गर्न’ भनिएको छ ।
मेयर सुनिल यादवले भने खरिदार साहले आफूले नै दिएको निर्देशन पालना गरेको बताउनुभयो । आपतकालीन बैठक बस्ने भएकाले त्यसको जानकारी गराउन आफुले खरिदार साहलाई निर्देशन दिएको र साहले त्यहि निर्देशन मानेकाले उपप्रमुखले कसैसँग छलफल नै नगरि स्पष्टिकरण सोध्नु उचित नभएको उहाँले बताउनुभयो ।
 


यसमा तपाईको मत