• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

कर्नाटकमा बीजेपीका मुख्यमन्त्रीको सपथ, कहाँबाट ल्याउँछ ८ सांसद ?

कर्नाटकमा बीजेपीका मुख्यमन्त्रीको सपथ, कहाँबाट ल्याउँछ ८ सांसद ?
जेठ ३ गत्ते । 
मे १५ मा कर्नाटक विधानसभा चुनावको नतिजा आएसँगै सत्ताको खेल रोमाञ्चक मोडमा पुगेको छ ।
कम से क एक दिनका लागि भए पनि कर्नाटकमा राजनीतिक गर्मी कम भएको छ । भारतीय जनता पार्टी(बीजेपी) विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीका रुपमा सपथ खाएका छन् ।
२२४ सदस्यीय विधानसभामा २२२ सिटमा मतदान भएको थियो । जसमा १०४ सिटमा बीजेपीले जित हात पारेको थियो । उसलाई सरकार बनाउन ११२ सिट आवश्यक पर्छ । कांग्रेसले ७८ तथा जनता दल सेक्युलर(जेडीएस) ले ३७ सिट मा जित हात पारेको छ । साथै बहुजन समाजवादी पार्टी तथा प्रज्ञावंत पार्टी तथा निर्दलीय उम्मेदवारले १–१ सिटमा जित हात पारे ।
कर्नाटकमा सरकार बनाउनका ११२ सिट आवश्यक पर्ने तर बीजेपीसँग १०४ सिट मात्रै रहेको छ । जेडीएस नेता एचडी कुमारस्वामी पनि कांग्रेसको समर्थन पत्रसहित राज्यपालकोमा गएका थिए । कुमारस्वामीसँग बहुमत सदस्यको समर्थन रहेता पनि राज्यपालले बीजेपीलाई नै सरकार बनाउने निम्तो दिए । राज्यपालले येदियुरुप्पालाई १५ दिनभित्र सदनमा बहुमत सिद्ध गर्न समयसीमा दिएका छन् ।
कांग्रेस र जेडीएसले आशा गरेअनुरुप राज्यपालले नबोलाएपछि उनीहरु सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगे । २०१५ मा मुम्बई आक्रमणका दोषी याकूब मेमनको मुद्धालाई गम्भीर विषय भएको भन्दै सर्वोच्च अदालतले रातारात नै सुनुवाई गरेको थियो । फेरि एक पल्ट भारतीय सर्वोच्च अदालतले बिहीबार मध्यरातमा सुनुवाई गरेको छ ।
अदालतले राज्यपालले आफ्नो अधिकार प्रयोग गरेको भन्दै सपथग्रहण कार्यक्रम रोक्न नमिल्ने निर्णय सुनायो । त्यसैअनुरुप येदियुरप्पाले सपथ पनि लिए । तर सपथ लिए पनि बीजेपीको संकट भने समाप्त भएको छैन । उसले शुक्रबारसम्म सर्वोच्च अदालतमा विधायकहरुको सूची बुझाउनु पर्नेछ ।
बीएस येदियुरप्पाले राजभवनमा सपथ लिएसँगै विधानसभा प्रवेश गरेका थिए । तर विधानसभा भवनबाहिर कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजाद, अशोक गेहलोत, पूर्व मुख्यमन्त्री सिद्धारमैयालगायत जेडीएस र कांग्रेसका सबै विधायकहरु धर्नामा बसेका छन् ।
कांग्रेसले बीजेपीले लोकतन्त्रको हत्या गरेको आरोप लगाएको छ । साथै आफ्ना विधायकलाई बीजेपीले करोडौं रकममा किन्ने प्रयास गरिरहेको आरोप पनि कांग्रेस र जेडीएसले लगाएको छ ।
मुख्यमन्त्रीको सपथ लिए पनि सदनमा बहुमत प्रमाणित गर्न नसकेमा येदियुरप्पाले राजीनामा दिनुपर्नेछ ।
 


यसमा तपाईको मत