• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ का बालबालिकाको अवस्था दयनीयःमुख्यमन्त्री राउत

प्रदेश २ का बालबालिकाको अवस्था दयनीयःमुख्यमन्त्री राउत
 
जेठ ९ गत्ते ,जनकपुर ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाल अधिकारको सुनिश्चितता नभएसम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने बताएका छन्।
समाजिक विकास मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको बालअधिकार सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रियामा बोल्दै राउतले यस्तो बताएका हुन्। राउतले बालअधिकार संरक्षणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जिकिर गरे।
हाल लागू भएका ऐनकानुन कार्यान्वयनको अवस्था फितलो भएकाले अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै उपलब्ध कानुन प्रभावकारी कार्यान्वयनका लागि उनले जोड दिए। ‘जिम्मेवारी हाम्रो काँधमा आएकाले सबैले मिलेर अगाडी बढनुपर्दछ’, उनले भने, ‘अनि मात्रै समृद्ध प्रदेश र सुन्दर भविष्यको परिकल्पना गर्न सकिन्छ।’
प्रदेश २ का बालबालिकाको अवस्था अन्य प्रदेशको तुलनामा दयनीय रहेको भन्दै उनले ‘बेटी पढाउ बेटी बचाउ’ योजनामार्फत बालिकाको अवस्था सुधारमा प्रदेश सरकारले जिम्मेवारी वोध गरेको स्पष्ट पारे।
कार्यक्रममा समाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेतीले ‘बालअधिकारको संरक्षण र प्रवद्र्धनको लागि भविष्यको कार्य्दिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
 


यसमा तपाईको मत