• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

आईसीसीको एक दिवसीय वरीयतामा नेपाल अब पूर्ण सदस्यहरू रहेकै सूचीमा रहने

आईसीसीको एक दिवसीय वरीयतामा नेपाल अब पूर्ण सदस्यहरू रहेकै सूचीमा रहने
 
जेठ १८ गत्ते काठमाडौं ।  
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टीमको वरीयतामा समावेश गरेको छ ।
आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ । 
आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ र्पुयाएको छ । नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गरेको छ । 
नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।
यद्यपि अहिले वरीयतामा १४ टोलीको मात्र नाम देख्न सकिन्छ । नेपाल र नेदरल्याण्ड्सले थप ४ खेल खेलेपछि वरीयतामा प्रवेश पाउने छन् ।
 


यसमा तपाईको मत