• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुरमा सम्पन्न महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्र प्रहरीले जित्यो

जनकपुरमा सम्पन्न महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्र प्रहरीले जित्यो
शैलेन्द्र महतो
जेठ १९ गत्ते,जनकपुरधाम ।
 
जनकपुरमा सम्पन्न प्रमथ मिनि गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि विभागिय सशस्त्र प्रहरीले उचालेको छ । धनुषा ह्यान्डबल संघको आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा आर्मीलाई सशस्त्र प्रहरीले २१–१४ गोल अन्तरले पराजित गरेको हो । प्रमथ मिनि गिरी महिला खुल्ला राष्ट्रिय ह्याण्डबलको उपाधि विजेता सशस्त्र प्रहरीले नगद ५१ हजार,मेडल र कप प्राप्त गरे । उपाधि विजेता सशस्त्र प्रहरी क्लबलाई समाजसेवी अनुराग गिरीले पुरस्कार र कप हस्तान्तरण गरेका थिए ।
 
उप विजेता त्रिभुवन आर्मीले नगद ३१ हजार र कप प्राप्त गरे । प्रतीयोगिताको उत्कृष्ट गोल रक्षक सशस्त्र प्रहरीका संगिता चौधरी र उत्कृष्ट खेलाडी सशसत्रकै साधना बम चुनिए । दुवै जना नगद ५ हजार १ सय र मेडल प्राप्त गरे । प्रतियोगितामा ५ विकास क्षेत्रबाट ५, विभागिय टोली २ र आयोजक जनकपुर सहित ८ टिमको सहभागिता थियो ।
 


यसमा तपाईको मत