• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

विश्वकप नजिकिँदा ब्राजिलमा बिजुलीको चिन्ता

विश्वकप नजिकिँदा ब्राजिलमा बिजुलीको चिन्ता
जेठ २८ गत्ते , रियो दी जेनेरियो  ।
विश्वकप फुटबल सुरु हुन अब तीन दिन मात्र बाँकी छ । जुन १४ देखि रुसमा सुरु हुने २१औं संस्करणको विश्वकप फुटबलको उपाधि कसले जित्ला भन्ने चर्चा भइरहेका बेला पाँच पटकको विजेता ब्राजिल सरकार भने बिजुलीको चिन्तामा परेको छ । ब्राजिल जलस्रोतमा विश्वकै धनी मुलुक मानिन्छ । जलस्रोतमा धनी भए पनि त्यहाँ लोडसेडिङको अवस्था भयावह छ । रुसमा एक महिनासम्म सञ्चालन हुने विश्वकप अवधिभर कसरी लोडसेडिङ कटौती गर्ने र आफ्ना जनतालाई सहज रुपमा विश्वकप फुटबल हेर्न दिने भनेर ब्राजिल सरकार गम्भीर रुपमा लागेको छ ।
ब्राजिल सरकारको निर्देशनपछि त्यहाँको इलेक्ट्रिसिटी सेक्टर मोनिटरिङ कमिटी (सीएमएसई) ले विशेष उपाय घोषणा गरेको छ । सीएमएसईले विश्वकप अवधिभरभन्दा पनि ब्राजिलको खेल रहेको दिन नेसनल इन्टरकनेन्टिङ सिस्टम (एसआईएन) सञ्चालन गर्ने भएको छ । यस अभियानको मुख्य उद्देश्य बिजुली कटौती रोक्नु हो । यसका लागि विभिन्न राज्यसँग समन्वय गरेर लोडसेडिङ घटाउने अभियान थालिने छ । जसअनुसार ब्राजिलको खेल सुरु हुनुभन्दा दुई घन्टाअघि र खेल सकिएको दुई घन्टापछिसम्म लोडसेडिङ हुने छैन । यसका साथै विश्वकप फुटबलको उद्घाटन र समापन समारोह चलिरहँदा पनि ब्राजिलमा लोडसेडिङ हुने छैन ।
अहिले ब्राजिलमा बिजुलीको अवस्था भयावह छ । गत वर्षको मार्चमा १३ राज्यमा धेरै घन्टा बिजुली कटौती गरिएको थियो । त्यसबेला सात करोड जनता प्रभावित भएको जनाइएको थियो ।
 


यसमा तपाईको मत