• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

ट्रम्प र किमबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सहमति

ट्रम्प र किमबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सहमति
 
जेठ २९ गत्ते , काठमाण्डौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।
मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ ।
‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षा ग्यारेन्टीको जिम्मा लिनुभएको छ, नेता किम जोङ उनले कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्न आफ्नो प्रतिवद्धता दोर्होयाउनुभयो’ विज्ञप्तिमा भनिएको छ ।
ट्रम्पले आफूले छिटो भन्दा छिटो निशस्त्रीकरण गर्ने प्रक्रिया सुरु हुने अपेक्षा गरेको बताएका अमेरिकी राज्यमन्त्री माइक पेम्पोले बताएका छन् । उत्तर कोरियाले भने  सम्भव भएसम्म चाँडै गर्ने जवाफ दिएका छन् ।
राजनीतिक विश्लेषकहरुले भने शिखर वार्तामा ठोस सहमति हुन नसकेको बताएका छन् ।
दुईदेशबीच भएको सहमतिको बुँदा हेर्नुस्
१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।
२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ(आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।
३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोन सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।
४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ(आफ्नो देश फर्काइने छ ।
 


यसमा तपाईको मत