• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
जेठ ३१ गत्ते, जनकपुरधाम ।
प्रदेश नम्बर २ को सरकारले नागरिकताबिहिनहरुको लागि कानुनी सहायता दिने भएको छ ।
बुधवार नागरिकता बिहिन संघर्ष समितीले मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले पीडितहरुको ज्ञापनपत्र बुझ्दै यस प्रदेशमा सबै जिल्लामा नागरिकता बिहिनहरुको लागि कानुनी सहायताको व्यवस्था मिलाउने बताए ।
उनले यस प्रदेशको जल्दो बल्दो अवस्था नागरिकता मुद्दा रहेकोले जन्मसिद्ध र अङ्गिकृतका बालबच्चालाई प्रशासन कार्यालयले नागरिकताबाट बन्चित गरेकोले बाध्यात्मक रुपमा अनागरिक भएकोले उनिहरुको लागि सबै जिल्लामा अधिवक्ता राखेर कानुनी सहयोग गर्ने स्पस्ट पारे ।
नागरिकताबिहिनहरुलाई निस्शुल्क कानुनी सेवा प्रदान गर्ने व्यवस्था मिलाई सहयोगको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
समिति धनुषाका अध्यक्ष किशन साहले मुख्यन्यायधिवक्ता झा मार्फत मुख्यमन्त्री लाल बाबू राउतलाई बुझाएका थिए ।
 

 



यसमा तपाईको मत