• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

रातुखोलामा डुबेर एकको मृत्यु

रातुखोलामा डुबेर एकको मृत्यु
ललन मण्डल
असार ४ गत्ते,महोत्तरी ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ३ स्थित रातु नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगारपालिका ३ निवासी भिम बहादुरका कार्कीका ३० वर्षिय छोरा फारस कार्की रहेको प्रहरीले जानाएको छ ।
शुक्रबार दिउँसो बाख्रा चराउन गएका उनी ३ बजेदेखि बेपत्ता भएका थिए । बेपत्ता भएको उनलाई प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजतलास गर्दा रातुखोलाको पुल गाड्न खनिएको खाल्डोमा मृत अवस्थामा राती ८ भेटिएको थियो । शव परीक्षणको लागी राती नै जनकपूर अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
साभारःटुडेपाटी
 

 



यसमा तपाईको मत