• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

१२ वर्षपछि इंग्ल्याण्डको विजयी शुरुवात

१२ वर्षपछि इंग्ल्याण्डको विजयी शुरुवात
असार ५ गत्ते ।
विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हरायो ।
पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको इंग्ल्याण्डका लागि ह्यारी केनले उद्धार गरे ।
कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डलाई ट्युनिसियाविरुद्ध जित निकालेका हुन्  । ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पायो । पेनाल्टीलाई फेरजानी सास्सीले गोलमा परिणत गरे । पहिलो हाफ १(१ को बराबरीमा रह्यो 
दोस्रो हाफको निर्धा्रित समयसम्म कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरीमै समाप्त हुने देखिएको थियो ।
तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्याण्डले कर्नर पायो । कियरन ट्रिप्पियरले हानेको कर्नर किकलाई ह्यारी मगायरले हेड गरे । त्यसै हेडबललाई कप्तान ह्यारी केनले ह्डरमार्फत नै जाली चुमाइदिए पछि इंग्ल्याण्डले २ १ को जित निकाल्दै महत्वपूर्ण ३ अंक हात पार्यो ।
इंग्ल्याण्डले १२ वर्षपछि महत्वपूर्ण फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इग्ल्याण्डले पाराग्वेलाई  हराएको थियो । गएरातिका २ खेलपछि समूह जीमा बेल्यिम र इंग्ल्याण्डले तीन तीन अंक जोडेका छन् ।
 


यसमा तपाईको मत