• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

नक्कली पासपोर्ट सहित ६ पाकिस्तानी नागरिक समातिए

नक्कली पासपोर्ट सहित ६ पाकिस्तानी नागरिक समातिए
 
असार ५ गत्ते,काठमाडौं ।
नक्कली पासपोर्ट प्रयोग गरी बेलायात जान खोज्ने ६ जना पाकिस्तानी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। बेलायतको नक्कली पासपोर्ट लिएर आएका पाकिस्तानीलाई अध्यागमन कार्यालय र पर्यटन प्रहरीले पक्राउ गरेको हो। 
दिन मजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र घौरी नुजात नाज पक्राउ परेका हुन्। अध्यागमन विभागले उनीहरुलाई थुनामा राखी कारबाही अघि बढाएको छ। उनीहरुसँग दुई वटा पासपोर्ट भेटिएकाले अनुसन्धान भइरहेको अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले बताए। 
नक्कली पासपोर्टमा भिसा 
उनीहरुमध्ये ५ जना पाकिस्तानी गत शनिबार संयुक्त अरब इमिरेट्स हुँदै नेपाल आएका हुन्। बेलायाती नागरिक बनेर उनीहरु नेपाल आएका थिए। बेलायतको नक्कली पासपोर्ट उनीहरुले अध्यागमन कार्यालय विमानस्थलमा पेश गरे। सोही पासपोर्टमा अध्यागमनका अधिकारीहरुले ‘अनअराइभल भिसा’ दिए। 
पक्राउ परेकामध्ये २ जना सोमबार सोही पासपोर्ट पेश गरी बेलायत जान विमानस्थल पुगे। तर, यसपटक उनीहरुको पासपोर्ट जाँच गर्ने कर्मचारी फरक थिए। ती अधिकारीलाई शंका लागि उनीहरुलाई नियन्त्रणमा लिए। उनीहरुसँग आएका थप व्यक्तिहरु ठमेलमा रहेको खुलेपछि सबैलाई प्रहरीको सहयोगमा अध्यागमनले पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ५ जनासँग पाकिस्तानी पासपोर्ट भेटिएको र उनीहरु पाकिस्तानी नागरिक भएको खुलेको हो। 
पक्राउ परेकामध्ये पदन मजार फारिद गिरोहका नाइके हुन्। उनी पहिले नै काठमाडौं आई बसेका थिए । ‘प्रारम्भिक अनुसन्धानमा फारिद नै गिरोहका नाइके भएको खुलेको छ,’ अनुसन्धानमा आबद्ध अध्यागमन विभागका अधिकारी भन्छन्,‘नेपाललाई ट्रान्जिट बनाएर उनीहरुले पाकिस्तानी नागरिकलाई युरोपियन देशमा पठाउने धन्दा गर्दै आएको देखिन्छ।’ संयुक्त अरब इमिरेट्समै उनीहरुले बेलायतको नक्कली पासपोर्ट दिइएको थियो। 
विगतमा पनि पाकिस्तान तथा मध्यपूर्वी एसियाली देशका नागरिकहरु नेपाललाई ट्रान्जिट बनाएर युरोप छिर्ने प्रयास गर्दा पक्राउ परेका छन्। नेपालको अध्यागमनको चेकिङ सिस्टम बलियो नहुनु र पक्राउ परे पनि धरौटीमै छुट्ने भएकाले उनीहरुले युरोप छिर्न नेपाललाई ट्रान्जिट बनाउने गर्दछन्। जसले नेपालको सुरक्षामा जोखिम बढ्दै गएको छ। 
 


यसमा तपाईको मत