• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

पाकिस्तानी सैनिक अधिकारी नेपालको ५दिने भ्रमणमा

पाकिस्तानी सैनिक अधिकारी नेपालको ५दिने भ्रमणमा

असार ५ गत्ते, काठमाडौं ।

नेपालका प्रधान सेनापति राजेन्द्र क्षत्री भारत भ्रमण गरेर फर्किएलगत्तै पाकिस्तानका एक सैनिक अधिकारी नेपालको ५ दिने भ्रमणमा आएका छन् । उनी प्रधान सेनापति क्षत्रीकै निमन्त्रणामा नेपाल आएका हुन् ।

जंगी अड्डाले दिएको जानकारी अनुसार पाकिस्तानी स्थल सेनाका चियरम्यान जनरल जुबाइर मोहम्मद हयात मंगलबार बाठमाडौं आइपुगेका हुन् ।
पत्नीसहित नेपाल आएका उनी पोखरा भ्रमणमा समेत जाने कार्यक्रम रहेको छ । साथै उनले नेपालका सांस्कृतिक सम्पदाहरुको भ्रमण गर्नेछन् ।
शुक्रबारसम्म नेपालका रहने यी पाकिस्तानी सैन्य अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट गर्ने कार्यक्रम छ ।
नेपाल आउँदा विमानस्थलमा जनरल जुबाइर दम्पतिलाई मेजर जनरल गौरब तण्डुलले खादा लगाएर स्वागत गरेका थिए ।
जुबाइरको नेपाल भमणले नेपाली सेना र पाकिस्तानी सेनावीचको सम्बन्ध सुमधुर बनाउने जंगी अड्डाको भनाइ छ ।
पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको केही महिनापछि उच्च सैनिक अधिकारी काठमाडौं आएका हुन् ।
 


यसमा तपाईको मत