• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

उत्तर कोरियाली नेता किम जोङ्ग उन चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम जोङ्ग उन चीन भ्रमणमा

असार ५ गत्ते। 

उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण सुरु गर्दै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक साताअघि सिंगापुरमा वार्ता गरेलगत्तै किम चीन भ्रमणमा जान लागेका हुन् ।
 
उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको बीबीसीले लेखेको छ । गत मार्चयता किम तेस्रो पटक चीन भ्रमणमा जान लागेका हुन् ।
 
चीन उत्तर कोरियाको निकट सहयोगी देश हो । उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार चीनले उत्तर कोरियामाथि लगाइएको प्रतिवन्ध खुकुलो बनाउनुपर्ने बताउँदै आएको छ । पछिल्लो समय अमेरिका र चीनबीच भने कटुतापूर्ण सम्बन्ध छ । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ६ जुलाईदेखि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि दुई देशबीच व्यापार युद्धको खतरा औंल्याइएको छ ।
यहीबीचमा उत्तर कोरियाली नेता किमले चीन भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । उत्तर कोरिया माथिको प्रतिवन्ध, कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरण लगायतका विषयमा किमले चिनियाँ नेताहरुसँग छलफल गर्ने अनुमान छ ।
फाईल फोटो


यसमा तपाईको मत