• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

विश्वकप समूह ‘एच’ को पहिलो खेलमा कोलम्बिया भर्सेस जापान

विश्वकप समूह ‘एच’ को पहिलो खेलमा कोलम्बिया भर्सेस जापान
असार ५ गत्ते ।
विश्वकप समूह ‘एच’ को पहिलो खेलमा मंगलबार बेलुका पौने ६ बजे जापान र कोलम्बियाबीच खेल हुँदैछ ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वार्टरफाइनलमा पुगेको टिम हो । यसपटक पनि त्यो सामर्थ्य र लय कोलम्बियन टिम देखिन्छ ।
जेम्स रोड्रिगेज, फाल्काओ जस्ता खेलाडी हुँदाहुँदै पनि कोलम्बियन टिम यस्तो टिम हो, जसलाई विश्वकपमा धेरैले मन पराउँदैनन् । सन् २०१४ को विश्वकपमा ब्राजिलका नेमारविरुद्धको खराब ट्याकल, २०१७ को मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया खेलाडीलाई मैदानमै जिस्काएर पाँच खेलको प्रतिबन्ध भोग्नुजस्ता घटनाले पनि कोलम्बियन टिम चर्चामा आइरहन्छ ।
मन पराउने र घृणा गर्नेहरुको बीचमा कोलम्बियन टिम जितको आधार भने खडा गर्छ । यसैले समूह ‘एच’ बाट अघिल्लो चरणमा जाने कोलम्बियाको सम्भावना बलियो छ ।
सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैठौं विश्वकप हो । कोलम्बियाले त्यसपछि सन् १९९०, १९९४, १९९८ र २०१४ को विश्वकप खेलेको छ ।
गएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग २(१ ले हारेको कोलम्बिया यो विश्वकपमा आफ्नो प्रभाव बढाउन सक्षम छ ।
अघिल्लो विश्वकपका सर्वा्धिक गोलकर्ता जेम्स रोड्रिगेज अहिले मसलमा समस्या भएका कारण रेखदेखमा छन् । उनी जापानसँगको खेलमा मैदानमा हुने सम्भावना भने बलियो छ ।
कोलम्बियाका लेफ्ट ब्याक फान्को फाब्रा घुँडाको चोटका कारण विश्वकपमा हुने छैनन् । तर चार वर्षअघिको विश्वकपमा चोटका कारण खेल्न नपाएका राडामेल फाल्काओ यसपटक कोलम्बियाको टिममा छन् ।
उता जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । त्यसबेला समूह चरणबाटै बाहिरिएको जापान त्यसपछि २००२ मा अन्तिम १६ सम्म पुग्यो ।
सन् २००६ मा समूह चरणबाटै बाहिरिएको जापान २०१० मा अन्तिम १६ मा पुगेको थियो । गएको ब्राजिल विश्वकप २०१४ मा पनि जापान समूह चरणबाटै बाहिरियो । समग्रमा जापानको विश्वकप यात्रा सहभागितामात्रै सीमित बनिरहेको छ ।
यसपटक युरोपमा फुटबल खेल्ने केही अनुभवी खेलाडी रहेको जापान टिमले सम्झनलायक खेल प्रदर्शन गर्दै अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ ।
एसियाली पावर हाउसको रुपमा रहेको जापानका फरवाडर शिन्जी ओकाजाकी पनि चोटका कारण अहिले रेखदेखमा छन् । उनी कोलम्बियासँगको खेलमा मैदानमा हुने सम्भावना कम छ ।
 
तथ्यांकमा दुई देश
 
कोलम्बियाले विश्वकपमा ७ खेल जितेको छ । २ खेल बराबरी गरेको छ । ९ खेल हारेको छ । जसमा २६ गोल गरेको कोलम्बियाले २७ गोल खाएको छ ।
जापानले विश्वकपमा ४ खेल जितेको छ । ४ खेल बराबरी गरेको छ । ९ खेल हारेको छ । जसमा १४ गोल गरेको जापानले २२ गोल खाएको छ ।
रसिया विश्वकप छनोटमा कोलम्बियाले ७ खेल जितेको थियो । ६ खेल बराबरी गरेको थियो भने ५ खेल हारेको थियो । जसमा २१ गोल गरेको कोलम्बियाले १९ गोल खाएको थियो ।
जापानले विश्वकप छनोटमा ६ खेल जितेको थियो । २ खेल बराबरी गरेको थियो भने २ खेल हारेको थियो । जसमा १७ गोल गरेको जापानले ७ खेल हारेको थियो ।
जापान र कोलम्बियाले अहिलेसम्म तीन खेल खेलेका छन् । जसमा २ खेल कोलम्बियाले जितेको छ भने एक खेल बराबरी भएको छ । जसमा कोलम्बियाले ५ गोल गरेको छ भने जापानले १ गोल गरेको छ । पछिल्लो पटक सन् २०१४ को विश्वकपमा कोलम्बियाले जापानलाई ४(१ ले हराएको थियो ।
 


यसमा तपाईको मत