• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश

अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश
 
असार १३गत्ते,। 
भारतीय प्रहरीले नयाँ दिल्लीको ओखला ट्यांक जंगल नजिक टुक्रा टुक्रा अवस्थामा फेला परेको एक महिलाको लाशको गुत्थी सुल्झाएको दाबी गरेको छ । 
हत्या आरोपमा तीन जनालाई गिरफ्तार गरेको छ । 
तीनैजना बिहारको चपारण जिल्लाका बासिन्दा हुन् ।
डीसीपी चिन्मय विश्वासका अनुसार जंगलमा एक बाकस र झोलामा टुक्रा टुक्रा अवस्थामा एक महिलाको शव फेला परेको थियो । 
प्रहरीले महिलाका पति साजिद र उनको भाइमाथि आरोप लगएको थियो । राम्रो जागिर र कमाइ नभएका कारण पति पत्नीबीच झगडा भइरहने गरेको थियो ।
यसबीचमा साजिदको अर्की एक महिलासँग सम्पर्क हुन पुग्यो र पहिली पत्नीले उनीहरुबीचको सम्बन्धलाई स्वीकार नगर्ने भएपछि साजिलले गला दवबार पत्नी जुहीको हत्या गरेका प्रहरीसँग बयान दिएका छन् । त्यसपछि उनले शवलाई काटेर डिव्वा र झोलामा राखेर भाइको जिम्मा लगाएका थिए 


यसमा तपाईको मत