• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

विश्वकपमा आज पनि ४ खेल, जर्मनी र ब्राजिललाई समेत एलिमिनेसनको खतरा !

विश्वकपमा आज पनि ४ खेल, जर्मनी र ब्राजिललाई समेत एलिमिनेसनको खतरा !
 
असार १३गत्ते, काठमाडौं । 
रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आज दुई समूहका ४ खेल हुँदैछन् । ’समूह एफ’का दुवै खेल बेलुका पौने ८ बजे र ’समूह ई’का खेलहरू राति पौने १२ बजे हुनेछन् ।
बेलुकाको खेलमा जर्मनीले दक्षिण कोरिया र मेक्सिकोले स्विडेनको सामना गर्दैछन् । 
यस समूहबाट कुनै पनि टोलीको अघिल्लो चरणको यात्रा पक्का भइसकेको छैन । यद्यपि मेक्सिको २ जीतका साथ तुलनात्मक रूपमा सहज स्थितिमा छ ।
एक जीत वा बराबरीले मेक्सिको समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्ने पक्का हुनेछ भने हारले यात्रा समूह चरणमै टुंगिने खतरा पनि रहन्छ ।
यता जर्मनी र स्विडेनलाई भने जित वा बराबरीको खाँचो छ । दुवै टोलीले २ खेलबाट ३(३ अंक जोडेका छन् । यी मध्ये कुनै एक टोलीले हारेमा त्यो टोली स्वतस् बाहिरिने छ ।
यसमध्ये एकले जितेमा अर्कोलाई अघि जान बराबरी पनि पर्याप्त हुनेछैन ।
पहिलो खेलमा मेक्सिकोसँग हारेकाले साविकको विजेता जर्मनी समूहको अन्तिम खेलमा गर या मरको स्थितिमा रहेको हो । स्विडेनले भने जर्मनीसँग हार व्योहोरेको थियो ।
यस्तै ’समूह एफ’मा समेत कुनै पनि टोली ढुक्क हुने स्थिति छैन । कोस्टारिका बाहिरिसकेको अवस्थामा ब्राजिल, स्विट्जरल्याण्ड र सर्बियामध्ये एक टोली एलिमिनेट हुनेछ ।
समूहको अन्तिम खेलमा ब्राजिलले सर्बिया र स्विट्जरल्याण्डले कोस्टारिकासँग खेल्दैछन् ।
अघिल्लो चरणको यात्रा तय गर्न तीनै टोलीलाई जीतको आवश्यकता छ । यी दुई खेलमा कोस्टारिकाबाहेक जित्ने टोली अघि जानेछन् भने बराबरीले अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ ।
ब्राजिल र स्विट्जरल्याण्डले पहिलो खेलमा १(१ गोलको बराबरी खेलेका थिए ।
 


यसमा तपाईको मत