• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो, ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो, ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा प्रवेश
असार १४ गत्ते ।
 साविकको  विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ  । समूह एफमा रहेको जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । 
कोरियाको जीतमा दुबै गोल इन्जुरी समयमा भएको थियो । कोरियाका लागि  ९२ औं मिनेटमा किम योंग गोन र सन होंग मिनले ९६ औं मिनेटमा गोल गरे । 
जर्मनीलाई हराएपनि मात्र तीन अंक जोड्दै कोरिया पनि विश्वकपबाट बाहिरियो ।
नकआउट चरणमा पुग्नको लागि कोरियाविरुद्धको  आजको खेल जित्नुपर्ने दबाबमा जर्मनी थियो । यस्तै कोरियासँग बराबरी भएको अवस्थामा स्वीडेन र मेक्सिको बीचको खेल पनि निर्णायक थियो । तर स्वीडेनले मेक्सिकोलाई ३–० ले हराएसँगै त्यो बाटो पनि बन्द भयो ।
योसँगै समान ६ अंक जोड्दै  समूह एफबाट  मेक्सिको र स्वीडेन नकआउट चरणमा पुगेका छन् । जर्मनीले भने समूह चरणको १ खेलमात्रै जितेर घर फर्कियो । 
ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा प्रवेश
पाँच पटकको विश्वविजेता ब्राजिल रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा सर्बियालाई २(० ले पराजित गर्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । हारसँगै सर्बिया भने समूह चरणबाटै घर फर्किएको छ ।
ब्राजिलको जीतमा पउलिन्हो र थिएगो सिल्भाले गोल गरे । २६औं मिनेटमा पउलिन्होको गोलबाट लिएको अग्रता ६८औं मिनेटमा सिल्भाले दोब्बर पारेका थिए ।
यो खेल जितेमा अघि जानसक्ने अवस्थामा रहेको सर्बियाले भने खेल अवधिभर कुनै गोल गर्न सकेन ।
यसै समूह (ई) अन्तर्गतको अर्को खेलमा कोस्टारिकासँग २(२ को बराबरी खेल्दै स्विट्जरल्याण्डले पनि नकआउट चरणमा स्थान पक्का गरेको छ ।
यसअघि एक जीत र एक बराबरीको नतिजा निकालेको स्विट्जरल्याण्डलाई कोस्टारिकासँगको बराबरी ५ अंकसहित अघिल्लो चरणमा जान पर्याप्त भयो ।
नकआउट चरणमा अब ब्राजिलले समूह एफको उपविजेता मेक्सिको र स्विट्जरल्याण्डले समूह विजेता स्विडेनको सामना गर्नेछन् ।
 


यसमा तपाईको मत