• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

२५ वर्षे सैयद सद्दीक बने महाथिर सरकारका युवामन्त्री

२५ वर्षे सैयद सद्दीक बने महाथिर सरकारका युवामन्त्री
असार २० गत्ते, काठमाडौं ।
सैयद सद्दीक मलेसियाको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बनेका छन् ।सोमबार महम्मद महाथिर सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका उनी मात्र २५ वर्षका हुन् । डिसेम्बर ६ मा उनी २६ वर्षको हुनेछन् ।इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट हालै मात्र कानूनमा स्नातक गरेका उनी राजनीतिमा आउनु अघि प्रखर वक्ताका रुपमा परिचित थिए ।
उनले एसियाकै उत्कृष्ट वक्ताको अवार्ड तीन पटक जितेका छन् । हालै भएको चुनावमा उनी राजनीतिमा आएका थिए र पाकातान हारापनबाट चुनाव जितेका हुन् ।
 


यसमा तपाईको मत