• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न प्रकृया सुरु

प्रदेश २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न प्रकृया सुरु
 
असाढ २८ गत्ते,जनकपुर ।
सबै प्रदेशमा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने सरकारी नीति अनुरुप प्रदेश २ मा  प्रतिष्ठान स्थापनाको सम्भाव्यता अध्ययन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी अध्ययन गर्न सचिवस्तरीय निर्णय मार्फत टोली बनाएर प्रदेश २ मा पठाएको छ । मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीका अनुसार मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न चिकित्सक सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा सिहंसँगै भोगेन्द्र डोटेल पनि रहेका छन् । उनीहरुले दिने प्रारम्भिक रिपोर्टका आधारमा प्रतिष्ठान खोल्ने प्रकृया अघि बढ्ने मन्त्रालयले जनाएको छ । 
 


यसमा तपाईको मत