• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जलश्रोत क्षेत्रको विकासमा तीनै वटै तहको भूमिका महत्वपूर्ण

जलश्रोत क्षेत्रको विकासमा तीनै वटै तहको भूमिका महत्वपूर्ण
नेहा झा
असार,जनकपुरधाम ।
प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जलश्रोत क्षेत्रको विकासमा तीनै वटै तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  जनकपुरधाममा बिहीबार आयोजित कमला बेसिन सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै प्रदेश प्रमुख कायस्थले जलश्रोतको अपर्याप्तताका कारण जनजीवन कष्टकर बन्दै गएको बताए । उनले जलश्रोतको अपर्याप्ततालाई हटाउन स्थानीय तह, प्रदेश र संघले आफ्नो अधिकार क्षेत्र आफै तय गर्नुपर्नेमा जोड दिए । प्रमुख कायस्थले नेपाल जलश्रोतको क्षेत्रमा धनी देश भए पनि त्यसको सदुपयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भने ‘हामीसँग पर्याप्त जलश्रोत छ तर हामीले जलश्रोतको सदुपयोगका लागि अहिले पनि प्रारम्भिक चरणमै छौं’ ।  प्रदेश प्रमुख कायस्थले देश निर्माणका लागि सम्भावित क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले जलश्रोतको सदुपयोग देश विकासका लागि राम्रो माध्यम बन्न सक्ने बताए ।  कार्यशालामा कमला नदीको पानी सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । कमला बेसिन निर्माणका लागि अहिले अध्ययन गर्ने कार्य भइरहेको छ । अध्ययनका लागि दिइएको १८ महिनाको समयमा १२ महिना बाँकी रहेको छ । सम्भाव्यता अध्ययनपछि बेसिन निर्माण गरिने जलश्रोत विकास संस्थाका उपाध्यक्ष एवम् जलस्रोत विज्ञ सोमनाथ पौडेलले जानकारी दिए ।    
 


यसमा तपाईको मत