• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

डा केसीको स्वास्थ्य अवस्था नाजुक

डा केसीको स्वास्थ्य अवस्था नाजुक
असार ३२ गत्ते, काठमाडौं ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
’रातको २ बजे आसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गार्हो भएपछि डा केसीले सहयोगका लागि आग्रह गर्नु भएको थियो,’ डा केसीको हेरचाहमा संलग्न डा धिरज गुरुङले भने, ’सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो।’
गएरातिबाटै डा केसीको इसिजीमा ’एक्टोपिक बिट्स’ देखिन थालेको छ। रगतमा इलेक्ट्रोलाइट्सको घटबढ भएपछि मुटुको चालमा परिवर्तन भई यस किसिमका एक्टोपिक बिट्स देखिने चिकित्सकहरु बताउँछन्। ’यसरी मुटुको चाल परिवर्तन हुनु खतराको संकेत हो,’ डा गुरुङ भन्छन्, ’यस किसिमका चाल आइरहेमा बिरामीको मुटु जुनसुनै बेला पनि बन्द हुन सक्छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखे पनि डा केसीलाई सेप्सिस भएमा वा धड्कन बन्द भएर आइसियूमा राख्नुपर्ने अवस्था आएमा अर्को सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुनसक्छ।
 


यसमा तपाईको मत