• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

ट्रम्पले रुसका बारेमा फेरि कुरा फेरे

ट्रम्पले रुसका बारेमा फेरि कुरा फेरे
 
साउन ३ गते, काठमाडौं ।
काठमाडौं – रुस अझै पनि अमेरिकाका लागि जोखिमका रूपमा रहेको विश्वास लिएको ह्वाइट हाउसले बताएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टिप्पणीले ल्याएको अन्योलका बीच यो भनाइ आएको हो ।
रुसले अझै पनि अमेरिकी निर्वाचनलाई लक्षित गरिरहेको हो भन्ने प्रश्नको जवाफमा होइन भनेर ट्रम्पले अमेरिकी जासूसी संयन्त्रसँग असहमति जनाएको जस्तो देखिएको थियो ।
पछि ह्वाइट हाउसकी प्रेस सचिव साराह स्यान्डर्सले ट्रम्पले थप प्रश्नको उत्तर दिन नचाहेको भनी व्याख्या गरिन् ।
रुसका सम्बन्धमा ट्रम्पले हालै गरेका टिप्पणीमा आलोचनाको वर्षा भएपछि यो प्रसंग उठेको हो । रुसले अमेरिकी निर्वाचनमा हस्तक्षेप नगरेको भनी ट्रम्पले हेल्सिन्कीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि भनेका थिए ।
‘राष्ट्रपति र उनको प्रशासन रुसले विगतमा जस्तो हाम्रो निर्वाचनमा हस्तक्षेप गर्न नसकोस् भन्ने सुनिश्चित गराउनका लागि कठोर मेहनत गरिरहेका छन्,’ स्यान्डर्सले बुधवार न्युज ब्रिफिङका क्रममा भनिन् ।
त्यसभन्दा केही घन्टाअघि एबीसी न्युजकी संवाददाता सिसिलिया भेगाले राष्ट्रपति ट्रम्पलाई रुस अझै पनि अमेरिकी निर्वाचनलाई लक्षित गर्न सक्छ कि भनी प्रश्न गरेकी थिइन् ।
ट्रम्पले टाउको हल्लाए र जवाफ दिए, ‘धन्यवाद, अँह ।’ उनले फेरि सोधिन्, ‘अँह ? त्यस्तो हुँदैन त ?’
उनले फेरि भने, ‘अँह ।’
राष्ट्रपतिले प्रश्नको उत्तर दिन नचाहेकोले अँह भनेको भनी ह्वाइट हाउसले बताएपनि भेगाले आफूलाई सीधै हेरेर राष्ट्रपतिले अँह भनेकाले रुसले हस्तक्षेप गर्दैन भनेको अर्थ लगाउनुपर्ने बताइन् ।
यसअघि ट्रम्पले संवाददाताको प्रश्नमा उत्तर दिन नचाहेमा उनीहरूतिर नहेरी अँह भन्ने गरेको तर यसपालि चाहिँ आँखामा हेरेरै अँह भनेको भेगाले बताइन् ।
 


यसमा तपाईको मत