• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

राजपाद्धारा मलेठ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्र्य

राजपाद्धारा मलेठ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्र्य
साउन ३ गत्ते,जनकपुरधाम ।
राष्ट्रिय जनता पार्टीले मलेठ घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएको छ 
सप्तरीका मलेठमा २३ फागुन २०७३ मा भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको थियो । मानवअधिकार आयोगको प्रतिवेदनमा कार्यक्रम स्थलमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलिरहँदा मधेसी मोर्चाका कायकर्ता प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले गोली चलाएको भनिएको छ ।
राजपाले भने आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको बताएको छ । संयोजक महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विरोधाभासपूर्ण प्रतिवेदन सार्वजनिक गरी आम जनताको मानवअधिकारप्रतिको आशा र विश्वासमा आघात पार्ने काम आयोगको प्रतिवेदनले गरेको हाम्रो ठहर छ ।’
सुरक्षाकर्मी तथा प्रशासन संयन्त्रलाई जवाफदेही बनाउनेबारे आयोगको प्रतिवेदन प्रष्ट नभएको, पीडितलाई समुचित न्याय दिन नसकेको तथा पीडकहरुलाई कारबाहीको सिफारिस नभएको भन्दै ठाकुरले प्रतिवेदन अस्वीकार्य भएको बताएका छन् । उनले प्रतिवेदन परिमार्जन गर्न समेत माग गरेका छन्
 


यसमा तपाईको मत