• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

जुम्लामा गोली लागेका प्रहरीको मृत्यु

जुम्लामा गोली लागेका प्रहरीको मृत्यु
साउन ३ गत्ते,जुम्ला।
अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरी जवान कमल आचार्य को मृत्यु भएको छ।
 
बिहीबार बिहान डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए। सोही क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको थियो।
 
गोली चल्दा प्रहरी जवान कमल आचार्य लागेको थियो। आचार्यको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले पुष्टि गरेको छ।
 
प्रशासनले भने गोली चलेको घटनालाई गुपचुप बनाउने प्रयास गरेको छ। प्रहरीलाई गोली लागेको नभई कसैले सिसाले हानेको दाबी गरिएको छ। 
 
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जुम्लामा गोली नै नचलेको र प्रहरीमाथि सिसाले प्रहार भएको दाबी गरे। 
 
अस्पतालका कर्मचारीले भने अस्पतालमा ४ राउन्ड गोली प्रहार भएको बताएका छन्।
 
डा केसीले चिकित्सा शिक्षा विधेयक पहिलेकै स्वरुपमा पारित हुनुपर्ने मुख्य मागसहित असार १६ गतेदेखि आमरण अनसन थालेका थिए। डा केसीको मागबारे वार्ता गर्न सरकारले असार ३२ गते शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा टोली गठन गरेर डा केसी पक्षधरसँग विभिन्न चरणमा छलफल गरे पनि सहमति हुन सकेको छैन।
 
यसैबीच डा केसीले बुधबार जारी विज्ञप्तिमा सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको भन्दै चिकित्सा शिक्षा विधेयक फिर्ता गरी पूर्ण म्यान्डेटसहितको टोली पठाए मात्र वार्ता हुने बताएका छन्। यता सरकारले भने विधेयक कुनै पनि हालतमा संसदबाट फिर्ता नहुने अडान राख्दै आएको छ।
 
अस्पताल रणमैदान बनेपछि डा केसी सेनाको हेलिकोप्टर चढेर काठमाडौं आएका छन्। 
साभारः नेपाल लाइभ
 


यसमा तपाईको मत