• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

एकतामा आउन पुराना कम्युनिस्ट नेतालाई प्रचण्डको आहृवान

एकतामा आउन पुराना कम्युनिस्ट नेतालाई प्रचण्डको आहृवान
 
साउन ७ गते , काठमाण्डौं । 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरेका छन् ।
 
विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् ।
 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरु सल्बलाइरहेकाले पनि पार्टी्भित्रको एकतालाई अझै सुदृढ बनानुपर्ने धारणा राखे ।
 
कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै उनले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु्पर्ने बताए ।
 
नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए ।
 
उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए
 


यसमा तपाईको मत