• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

राप्रपा प्रजातान्त्रिकले माग्यो कानूनमन्त्री तामाङको राजीनामा

राप्रपा प्रजातान्त्रिकले माग्यो कानूनमन्त्री तामाङको राजीनामा
 
 
साउन ७ गते , काठमाण्डौं । 
 
राप्रपा प्रजातान्त्रिकले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको राजीनामा माग गरेको छ ।
 
चिकित्सा क्षेत्रमा अध्ययन गर्ने नेपाली चेलीहरुको अस्मितामाथि ठेस पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै राप्रपा प्रजातान्त्रिकले मन्त्री तामाङको राजीनामा माग गरेको हो ।
 
‘राष्ट्रको गरिमापूर्ण र मर्या्दित मन्त्री जस्तो पदमा बसेर यस्तो गैरजिम्मेवार, अमर्या्दित, अशोभनीय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन,’ पार्टी प्रवक्ता राजेन्द्र गुरुङले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ निजले तत्काल नेपाली जनता सामु माफी मागि आफ्नो पदबाट राजीनामा दिइ नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढाँकेको महिलाको सम्मान गर्न पनि राप्रपा प्रजातान्त्रिक माग गर्दछ ।’
 
मन्त्री तामाङले यही साउन ४ गते एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीले डाक्टरहरुलाई शरीर नसुम्पेसम्म सर्टि्फिकेट नपाउने बताएका थिए ।
 
उनको यो अभिव्यक्तिको नेपाली कांग्रेस र राप्रपाले पनि यसअघि नै बिरोध गरेका थिए । सर्बत्र बिरोध भएपछि कानूनमन्त्री तामाङले आइतबार विज्ञप्ति प्रकाशित गरी माफी मागेका थिए ।
 


यसमा तपाईको मत