• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

सितारियो कराँतेको प्रदेश स्तरीय दिक्षान्त समारोह सुरु

सितारियो कराँतेको प्रदेश स्तरीय दिक्षान्त समारोह सुरु

 

साउन ७ गते , २०७५ जनकपुरधाम ।

प्रदेश २ स्तरीय सितारीयो कराँतेको दिक्षान्त समारोह जनकपुरधाममा सुरु भएको छ । ५ दिनसम्म चल्ने सो दिक्षान्त समारोहको उद्घाटन सोमबार गरिएको छ । दिक्षान्त समारोहमा प्रदेश २ का आठ वटै जिल्ला तथा सिन्धुली र मनाङ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । सितारियो कराते सिकेका खेलाडीहरुलाई ५ दिनसम्म अन्तिम प्रशिक्षण दिएर प्रमाणपत्र वितरण गरिने छ । दिक्षान्त समारोहको उघाटन गर्दै नेपाल सितारियो संघका केन्द्रीय अध्यक्ष तावा गुरुङले खेलाडीहरुको उच्च हौशलाले नै देशलाई चिनाउन सफल भएको बताए । उनले सितारियो करातेको माध्यमले नेपालको गौरब अझै बढेको बताए । समारोहमा प्रदेश २ का सांसद रामअशिष यादवले खेलले समाजलाई स्वस्थ र अनुशासित बनाउने भएकोले खेल क्षेत्रको विकासमा ध्यान दिनु आवश्यक रहेको बताए । उनले खेल क्षेत्रको विकासका लागि ग्रामीण भागमा रहेको कुशल खेलाडीहरुको समेत प्रशिक्षणको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । समारोहमा १ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ ।

 



यसमा तपाईको मत