• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ मन्त्री परिषदले दियो ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति

प्रदेश २ मन्त्री परिषदले दियो ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति
 
साउन ८ गते,जनकपुरधाम ।
प्रदेश नं. २को मन्त्री परिषदले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले ती विधेयकहरुलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको हो ।
मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोग (कार्या्विधि) गठन सम्बन्धि विधेयक, प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, गाँउसभा र नगर सभाको कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक, प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश फ्रिक्वेन्सी मोडुलेशन (एफएम रेडियो) र टेलिभिजन संचालन र नियमन सम्बन्धि विधेयक र लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक २०७५को मस्यौदा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
मन्त्री परिषदले सैद्धान्तिक सहमति प्रदान गरेपछि सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा तयार गरि प्रक्रियामा लग्ने जनाएको छ ।
 


यसमा तपाईको मत