• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरको वृद्धाआश्रममा विपी स्मृति दिवशको अवशरमा खाद्यान्न वितरण

जनकपुरको वृद्धाआश्रममा विपी स्मृति दिवशको अवशरमा खाद्यान्न वितरण
 
साउन ८ गते,जनकपुरधाम ।
विपी कोरालको ३६ औ स्मृति दिवस को अवशर पारेर नेवी संघ धनुषा ले जानकी बृद्धाआश्रममा खाद्यान्न वितरण गरेका छन ।
नेवी संघ धनुषाका जिल्ला अध्यक्ष सुजीत कुमार को नेतृत्वमा आज वृद्धाआश्रममा १५ हजार बराबर को सातु, गुलुकोच, स्याउ, पाऊरोटी, भुजिया, डालमोड, मूंगदाल सहितका खाद्यान्न सामग्रीहरू बितरण गरेका छन ।
यस भन्दा अघि नेविसंघ त्रिदिवसीय कार्यक्रम अंतर्गत रक्तदान र वृक्षा रोपण कार्यक्रम सम्पन्न गरी सकेका छन ।
नेविसंघ धनुषाले प्रत्येक वर्ष वीपी स्मृति दिवशको अवशरपारेर यस प्रकारको कार्यक्रमहरु गर्दै आएको नेवी संघ धनुषाका जिल्ला अध्यक्ष सुजीत मिश्रले संचारकर्मिलाई जानकारी दिए ।
वीबी स्मृति दिवसको अवशरपारेर दुइदिन पूर्व इकाई कमिटिको तत्वाधानमा राराव क्यपस जनकपुरधाममा वृक्षारोपण गरेर नेवी संघ नागरिको अगुवाईमा पीडारी चौकमा रक्तदान कार्यक्रम सम्पन्न यस अघि नै भई सकेको सुजीत ले बताए ।
कार्यक्रममा तरुण दलका जिल्ला कार्यवाहक सभापति कपिलेस्वर महतो, नेविसंघ केन्द्रीय नेता प्रभस्कार यादव, जिल्ला सदश्य सुनील सुमन, नगर सचिव रवि यादव, जिल्ला सदस्य नवीन यादव, क्याम्पस इकाई सभापति सुजीत कुमार यादव लगायतका युवा विद्यार्थी नेताहरु को उपस्थिति रहेको थियो ।
 


यसमा तपाईको मत