• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको चेतावनी

सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको चेतावनी
 
साउन ८ गते, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने पनि स्पष्ट पारे।
नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्किएका निधीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरे। उपसभापति निधीले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए।
उपसभापति निधीले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। कांग्रेसले सरकारविरुद्ध घोषणा गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम आज सकिँदैंछ। 
उपसभापति निधीले सरकारले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबुहु तत्काल संसदमा पेश नगरे बिहिबार बैठक बसेर आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिए।
 


यसमा तपाईको मत