• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

प्रदेश सरकारको निर्देशनः जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनू

प्रदेश सरकारको निर्देशनः जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनू
 
साउन ८ गते,जनकपुरधाम ।
प्रदेश २ को सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
 
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकता वितरणमा सजिकरण गर्न निर्देशन दिएका हुन् ।
 
जन्मसिद्ध नागरिकता लिएकाको सन्तानले नागरिकता नपाएको गुनासो आएको र अदालतको आदेश पनि भएको भन्दै प्रदेश सरकारले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन भनेको हो ।
 
‘संविधानको धारा ११ को उपधारा १, २ र ३ बमोजिम नागरिकता प्राप्त गर्न कुनै कानुनी अड्चन छैन’ मन्त्रालयको निर्देशनमा भनिएको छ ।
 


यसमा तपाईको मत