• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

नयाँ रातु पुलबाट २० दिनपछि गुड्ने भो गाडी

नयाँ रातु पुलबाट २० दिनपछि गुड्ने भो गाडी
 
साउन १० गते,महोत्तरी । 
पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको बीचमा पर्ने रातु पुलको काम अन्तिम चरणमा पुगेको छ । ९५ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ । पूर्वी नेपालका जिल्लाहरुलाई राजधानीसंग जोड्ने रातु पुललाई ‘लाइफलाइन’ मानिन्छ ।पाँच मुख्य पिलर र दुई साहयक पिलर गरि सातवटा खाँवामा निर्माणाधिन पुलको ठेक्का कालिका टु दी रसुवा जेबी काठमाण्डौंले छ । उसले २४ करोंड ६० लाखमा पुल निर्माणको ठेक्का लिएको हो ।
‘पुलमा रेलिङ्गको फिटिङ्ग, फुटपाथ, पुलको दुवैमुखमा स्ल्याब राख्ने काम दु्रत गतिमा चलिएको छ,’निर्माण कम्पनीका साइट इन्चार्ज कृष्ण ढुङ्गेलले,‘साउन २५ सम्ममा पुलको निर्माण काम पुरा हुन्छ ।’ इमेर्जेन्सी भए अहिले पनि साना सवारी निर्माण चलिरहेको पुलबाट आरपार गराउन सकिने उनले बताए ।
आइ गर्डर( प्रिस्टेस) डिजाइनबाट पुल निर्माण भएको छ । ६ खण्डमा पुल निर्माण भएको छ । बर्खाको मौसममा पनि निर्माण पक्षले त्रिपाल टाँगेर रातारात बत्ति बालेर पुलको निर्माण काम जारी राखेको छ । पुल निर्माणको सम्पूर्ण काम सक्नु पर्ने सम्झौता भन्दा १६ महिना अगाबै निर्माण पक्षले पुल निर्माण गरेर हस्तान्तरण गर्र्दै छ । २०७३ साल असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको ठेक्केदारले २०७६ पौष मसान्त सम्म निर्माण गरिसक्ने पर्ने थियो ।
दुई सय २५ मिटर लम्बाई र १०.९० मिटर चौडाइ रहेको पुलमा दाँया—बाँया बटुवा हिड्ने बाटो पनि छ । ण्हुनेछ । पुल दुई लेनको छ । एकै पटकमा १०÷१० टनको दुई वटा गाडी ओहरदोहर गर्न सक्ने क्षमता छ ।
बर्षातले पुल निर्माण काममा केही बाँधा पु¥याएको थियो । केही ढिलाई भएको थियो । समय अघि नै रातु पुलको निर्माण काम सकिने भएपछी खुशी लागेको खानेपानी तथा सरसफाई उपभोक्ता समितका अध्यक्ष भोला खड्काले बताए । ‘गर्दा त हुने रैछ,’उनले भने,‘विकास निर्माणमा ढिलासुस्ती गर्नु हुदैंन भन्ने सन्देश पुल निर्माण गर्ने कम्पनिले दियो ।’
चार बर्षमा दुई पटक रातु पुल भाँसिएपछी खोलामा बल्ल नयाँ पुल निर्माणको काम सरकारले थालेको थियो । पूर्व—पश्चिम महेन्द्र राजमार्गको रातु पुल दोस्रो पटक २०७४ सालसाउनको २८ गते साँझको अविरल बर्षासंगै भिषण बाढीले भाँसिएको थियो ।
दुई महिना सम्म यातायात संचालनमा कठिनाई भएको थियो । अहिले बेली ब्रिज फिट गरेर यातायात संचालनमा छ । एकतर्फी गाडी चलेकोले पुलमा गाडीको जाम लाग्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास इन्स्पेक्टर डिल्ली प्रसाद मैनालीले जनाए । ‘अहिले हामीलाई मात्र हैन समग्र यायातात संचालनमा समस्या छ,’उनले भने,‘ ‘चाँडै पुल निर्माणले यातायात संचालनमा सहज हुन्छ ।’
 


यसमा तपाईको मत