• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

सिरहामा नगर प्रमुखका श्रीमतीको मङ्गलसूत्र सहित ५ जना चोर पक्राउ

सिरहामा नगर प्रमुखका श्रीमतीको मङ्गलसूत्र सहित ५ जना चोर पक्राउ
 
साउन १० गते, लहान । 
सिरहा प्रहरीले जिल्लाको दुई ठाउँबाट चोरीको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले ५ जनाकै नाम भने खुलाएको छैन ।
सिरहाको मिर्चैया नगरपालिका १ बाट मिर्चैया नगरपालिकाका प्रमुखकी श्रीमतीको मङ्गलसूत्र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगर प्रमुख श्रवण कुमार यादवकी श्रीमती चन्द्रकलादेवी यादवले घाँटीमा लगाएको एक तोलाको सुनको मङ्गलसूत्र तीन दिनअघि फरार भएको आरोपमा प्रहरीले खोजतलास गर्ने क्रममा मङ्गलसूत्रसहित एक जनालाई पक्राउ गरी सात दिनको म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सिरहा नगरपालिका ७ ट्राफिक चोक घर भएका जितेन्द्र यादवको घरबाट नगद र गरगहना चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव खरेलका अनुसार तीन दिनअघि सिरहा नगरपालिका २२ हकपाराका संजय कुमार सिंहले आफ्नो घर पसल अगाडि पार्किङ् गरी राखेको मोटरसाइकल तथा स्थानीय देवकुमार महतोको पसल फोडेर नगद चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएका चार जनाले सिंहको स.५प.९०४ नम्बर को मोटरसाईकल तथा महतोको पसलबाट नगद र सरसामानसहित १२ हजार छ सय ४५ रुपैयाँ चोरी गरेको प्रहरी प्रवक्ता खरेलले बताए ।
पक्राउ गरिएकाहरुबाट चोरी भएको मोटरसाइकल, नगद एक हजार चार सय ८५ रुपैयाँ, भा.रु. एक सय ३३ समेत बरामद गरिएकाले सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यादवको घरमा राखिएको ९४ हजार पाँच सय रुपैयाँसहित सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा सिरहा सदरमुकामबाट नगद तीन हजार रुपैयाँ, एक तोलाको सुनको तिलहरी एक थान, चाँदीको १० तोलाको दुई पायलसहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
 


यसमा तपाईको मत